घोराही
२९ माघ/ प्रदेश नम्बर ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले आगामी फागुन १० गते देखी १२ गते सम्म दाङको बेलझुण्डीमा सञ्चालन हुने प्रदेश एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र बन्ने बताएका छन।

प्रदेश सरकारले सञ्चालन गर्ने उक्त एक्स्पो अर्थात महोत्सवमा सरकारले गरेका कामलाई देखाउने र अनुभव आदान प्रदान गर्ने थलो बन्ने मन्त्री केसीको भनाई छ ।एक्स्पो प्रचारप्रसार उपसमितिले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकार गठन भएको २ बर्ष पुगेको अबसरमा भएका कामहरुलाई देखाउने मुख्य उदेश्य रहेको जानकारी दिएका छन ।

प्रदेश सरकारका साथै स्थानिय तहहरुले गरेका कामलाई प्रर्दशनकारुपमा देखाउने गरी तयारी तिब्र पारिएको उल्लेख गरेका छन ।नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री केसीले प्रदेश भित्र रहेका प्राकृतिक, साँस्कृतिक, भौतिक, पर्यटकिय क्षेत्रहरु देखाउनुका साथै प्रर्बद्धनमा मद्धत पुग्ने प्रदेश सरकारले बिश्वास लिएको छ ।

मन्त्रालयका सचिब शंकरप्रसाद खरेलले प्रदेश एक्स्पो मार्फत भएका काम देखाउने, अनुभब साट्ने र सुझाब लिने थलो बनाउन लागेको जानकारी दिएका छन ।यसैविच एक्स्पोलाई सफल बनाउन दाङका सञ्चार माध्यमहरु प्रतिबद्ध रहेको पत्रकारहरुले बताएका छन् । पत्रकारहरुले एक्स्पोलाई सिप सिक्ने थलोकारुपमा सदुपयोग हुने गरी योजना बनाउन सरकारलाई सुझाब समेत दिएका छन् ।।

प्रतिकृया

प्रतिकृया