जीवन नेपाली,कमिरेचौ
२९ माघ/ दाङको बंगलाचुली गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ ।गाउँसभाले विभिन्न ९ वटा ऐनहरु पास गरेको छ ।जसअनुसार शिक्षा ऐन २०७६,एफ।एम रेडियो (संचालन तथा व्यव्थापन) ऐन २०७६,औद्योगिक व्यवसाय ऐन २०७६,तथ्याङ्क अभिलेख ऐन २०७६,पूर्वाधार व्यवस्थापन ऐन २०७६,संस्था दर्ता ऐन २०७४,सार्वजनिक निजि साझेदारी ऐन २०७६,वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०७६,स्वाथ्य ऐन २०७६ रहेका छन् ।

साथै गाउँसभाले केही बजेट समेत संसोधन गरेको छ ।बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको सभाअध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।गाउँसभा समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुली गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गाउँपालिकाको विकासले गति लिएको बताएका छन ।

अध्यक्ष वलीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता जनताको आधारभूत आवश्यकताको पाटोलाई प्राथमिकतामा राखेर आफुहरुले काम गरिरहेको बताएका छन । साथै उन ले चाहेजति र जनतालाई आभास हुनेगरी बंगलाचुली गाउँपालिकाको चौतर्फि विकासका लागि सबै एकजुट भएर लाग्न समेत निर्देशन दिएका छन ।उनले जनप्रतिनिधी र कर्मचारीको विचमा नङ र मासुको जस्तो सम्वन्ध भएमा सबैकामलाई सहजरुपमा सम्पन्न गर्न सकिने स्मरण गराउँदै सबैमा सहभावको विकास पैदा गर्न समेत अनुरोध गरेका छन ।

ADVERTISEMENT


 


 


सभामा उपाध्यक्ष यमुना थापामगरले बजेट संसोधन प्रस्ताव पेस गर्नु भएको थियो । साथै वडाका अध्यक्ष ,कार्यपालिका सदस्य र वडा सदस्यहरुले विभिन्न ऐनहरु सभामा पेस गरेका थिए । सभाको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया