प्रचण्ड खत्री , रुकुम पश्चिम
१ – फागुन / रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बजारमा तिन वटा आगलागि भएको छ । मुसिकोट नगरपालिका १ खलंगा जि.प्र.का लाईनका ३ वटा पसलमा आगलागी हुँदा पुर्ण रुपमा क्षेती भएको छ ।

बुधबार राती ११ : ४५ बाट सुरु भएको आगजनी बिहीवार बिहान २ बजे मात्रै नियन्त्रणमा आएको आगजानी पीडित परिवारले जनाएको छ  जिप्रका लाईनमा रहेको लक्ष्मी पुनको घरमा रहेको साईकुमारी स्टेसनरी पसल , आमा कपडा पसल र वीर बहादुर रावलको घरमा रहेको हिमालय फेन्सी पसलमा आगजनी भएको पिडित लक्ष्मि पुनले बताईन ।

आमा कपडा पसलबाट सुरु भएको ३ वटा पसलमा लागेको हो । आगलागी बाट ३ वटै पसलका सम्पुर्ण सामान जलेको छ भने घरमा समेत क्षति पुगेको छ ।  आगो किन र कस्ले लगाईएको हो भन्ने खुलेको छैन । बजारमा हिड्नेले आगो देखेपछी कराएका थिए । पछि स्थानीय जम्मा भै प्रहरीलाई खबर गरेका थिए ।

ADVERTISEMENT


 


 


बजारबासी , सशस्त्र प्रहरी , नेपाली सेना , नेपाल प्रहरी लगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । सबैको पहलका कारण बजारमा ठुलो क्षेती हुनबाट जोगिएको प्रहरीले बताएको छ । तिन वटा पसलमा लागेको आगोले करिव ४० लाख क्षेती भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया