घोराही
१ फागुन/ दाङको घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माविमा बिद्यार्थीले तालाबन्दी गरेका छन् । सिटिइभिटी अन्तर्गत अध्ययन गर्ने विद्यार्थीको नेतृत्वमा ताला बन्दी गरिएको हो ।

उनीहरुले विभिन्न माग राख्दै प्राचार्यको कक्ष र मुख्यगेटमा ताला लगाएका हुन् । ल्याबको ब्यबस्थापन, पाठ्यक्रम र कोर्डिनेटरको बिषयलाई लिएर बिद्यार्थीहरुले ताला लगाएको सिटिईभिटी अन्तर्गतको अटो मोबाइल पहिलो बर्षमा अध्ययनरत बिद्यार्थी बिनोद ढकालले जानकारी दिए ।

यसअघि बिद्यार्थीले बिद्यालय प्रशासनको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको भन्दै तालाबन्दी गर्न बाध्य भएको बिद्यार्थीहरुले बताएका छन् । बिद्यार्थीले प्रयोगशाला, पाठ्यक्रम र कोर्डिनेटरको बिषयलाई मुख्य मागका रुपमा अघि सारेका छन् ।

ADVERTISEMENT


 


 


पुरानो पाठ्यक्रम अध्ययन गराएको, शैक्षिक योग्यता कम भएका शिक्षकको ब्यबस्था गरिएको, प्रयोगशाला उत्कृष्ट नभएको र कोर्डिनेटरको समन्वय नभएको भन्दै आन्दोलन गरीरहेको बिद्यार्थीहरुले बताएका छन् ।

बिद्यार्थीहरुले बिहान प्राचार्य रामप्रसाद जैशी, घोराही १५ का वडाध्यक्ष रमेश पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाललाई थुनेका थिए । समस्या समाधानका लागि पहल भइरहेको बिद्यालय प्रशासनले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया