शरद रेग्मी,होलेरि
१ फागुन / रोल्पाको होलेरिमा आज देखि राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ । रुन्टीगढि गाउपालिकाको आयोजनामा आज बिहिबीरदेखि सुरु भएको मिडिया सम्मेलनमा बिभिन्न जिल्ला र काठमाण्डौबाट बरिष्ठ पत्रकारको सहभागिता रहेको छ ।

मिडिया सम्मेलनको उर्जा मन्त्रि बर्षमान पुनले उदघाटन गरेका छन । सो अबसरमा मन्त्रि पुनले महान जनयुद्दको अन्त्य सँगै आर्थिक समृद्धिको सुरुवात भएको बताएका छन ।उनले ५२ सालमा आफ्नै कमाण्डमा होलेरिबाट सुरुभएको जनयुद्दले मुलुकमा आमुल परिबर्तन ल्याउन सफल भएको बताए ।उनले भने “जनयुद्दको उदगम स्थलको रुपमा परिचित रोल्पा अहिले आएर शान्ति र सम्बृद्दिको जिल्लाका रुपमा परिचित भएको छ ।

दुई दिन सम्म सन्चालन हुने मिडिया सम्मेलनले राज्यको ध्यान रोल्पामा केन्द्रित हुने छ । रुन्टीगढि गाउपालिकाका अध्यक्ष बलबहादुर बुढा को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्थानिय सरकार प्रमुख,पत्रकार, सुरक्षा निकाय र स्थानियको बाक्लो उपस्थिति रहेको थियो । दिन सम्म सन्चालन हुने राष्ट्रिय सम्मेलनमा होलेरि आक्रमण, सन्चार र सम्बृद्दि,रोल्पा जिल्लाको पत्रकारिताको नालिबेलि,होलेरिको पर्यटन,रोल्पाको सेरो फेरो,लगायत दर्जन बढि बिषयमा ब्यापक छलफल गरिने छ ।

ADVERTISEMENT


 


 


सो अबसरमा बरिष्ठ पत्रकारहरु नारायण वाग्ले,गुणराज लुईटेल,प्रशान्त अर्याल,टिकाराम यात्री , नारायण प्रसाद शर्मा,निर्मला शर्मा , लोक सस्कृतिबिद डाक्टर गोबिन्द आचार्य, कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसि, पत्रकार महासघ दाङका पुर्ब अध्यक्ष सुदिप गौतम, रोल्पाका अध्यक्ष महेश न्यौपाने,सहित्यकार बसन्त आचार्य लगायतको प्रस्तुति रहने छ । होलेरि आक्रमणका तत्कालिन कमाण्डर एव कार्यक्रमका प्रमुख अतिथि उर्जा मन्त्री बर्षमान पुन होलेरि आक्रमणको कथा सेसनमा सगभागि  भए पछि सो सेशन सबैभन्दा बढि रोचक बनेको थियो ।

प्रतिकृया

प्रतिकृया