शिबराज पन्थी,गढवा
१ फागुन/ दाङको गढवा गाउँपालिकाले चालुआर्थिक बर्ष २०७६÷०७७ मा २१ वटा उजुरीमा मिलापत्र गरेको छ । यो आर्थिक बर्षको अहिलेसम्म दर्ता भएका ३२ वटा उजुरीहरु दर्ता भएको मध्ये २१ वटा उजुरीमा मिलापत्र भएको र बाँकी मुद्दा मिलापत्र गर्ने प्रक्रियामै रहेको न्यायीक समितिका संयोजक शान्ति चौधरीले बताईन् ।

जस मध्ये आँटा, किल्ला तथा जग्गा विवादका १२, घरेलु हिंसाका ४ वटा, वैदेशिक रोजगारीमा ठगी प्रकरणको एक, सार्वजनिक जग्गा विवादका २ र रकम लेनदेनका १३ गरी जम्मा ३२ वटा उजुरी परेको उनले बताईन् । अधिकांश झै झग्डा भएका विवाद लिएर न्यायीक समितिमा आउने गरेको उनको भनाई छ । देवानी प्रकृतिका मुुद्दाहरु मिलाउने गरेको उनको भनाई छ ।

साथै न्यायीक समितिले मिलापत्र गर्न नसक्ने मुद्दाहरु अदालतमा पठाउने गरेको समेत उनले बताईन् । न्यायिक समितिलाई कानुनी परामर्श दिनका लागि कानुनी सल्लाहकार समेत राखिएको उनले बताए ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया