घोराही, 
१-फागुन /  राप्ती स्वास्थ्य प्रतिष्ठानले बनायो कोरोना भाइरस रोगको ब्यबस्थापन गर्न बिशेषज्ञ चिकित्सकहरुको समिती, संयोजकमा प्रतिष्ठानका एमजिडिपि डा.अमित लाम्गादे, फोकल पर्सनमा डा. सदिक्षा योगि,प्रतिष्ठानमा १० शैयाको आइसोलेसन वार्ड पनि छुट्याइयो ।

कोरोना भाइरस रोगको न्युनिकरण तथा संक्रमण रोकथाम र स्क्रिनिङ्गको ब्यबस्थापनको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले छुट्टै एउटा आफ्नो समिती बनाएको छ । प्रतिष्ठानकि शाखा अधिकृत लिलाकुमारी देबकोटाले कोरोना भाइरस रोगको ब्यबस्थापनका लागि प्रतिष्ठानका चिकित्सकहरु नै सम्मिलित समिती बनाइएको जानकारी दिए ।

प्रतिष्ठानका एमजिडिपि डा.अमित लाम्गादे सयोजक, इएनटि सर्जनका कन्सलटेन्ट डा. बिक्रम बुढाथोकि, प्याथोलोजि लेक्चर डा.गोपाल लामा सदस्य र मेडिकल अफिसर डा.सदिक्षा योगि सदस्य सचिब रहेको कोरोना भाइरस रोग ब्यबस्थापन समिति गठन गरिएको हो ।

प्रतिष्ठानको तर्फबाट शाखा अधिकृत देबकोटाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा प्रतिष्ठानमा १० शैयाको आइसोलेसन वार्ड छुट्याइ मेडिकल अफिसर डा. सदिक्षा योगिलाई फोकल पर्सन समेत तोकिएको उल्लेख गरिएको छ । उक्त रोगको ब्यबस्थापनका लागि प्रतिष्ठान पुर्ण तयारी अबस्थामा रहेको बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया

प्रतिकृया