तुलसीपुर,
२-फागुन /  दाङ तुलसीपुर उपमहानगरपालिकाको सूचना अधिकारी परिबर्तन गरिएको छ ।

१३ बर्षदेखि तुलसीपुरको सूचना अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्दै आएका खरेलको ठाउँमा नयाँ सूचना अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।अब तुलसीपुरको नयाँ सूचना अधिकारीको रुपमा बावुराम न्यौपाने आएका छन् ।

शुक्रबारदेखि न्यौपानेले कार्यभार सम्हालेका हुन् । २०६४ सालमा सुचना हक सम्बन्धी ऐन लागु भएदेखि उनले सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नयाँ पुस्ताले नि सिक्ने अवसर पाउन् भन्ने उद्देश्यले नयाँ पुस्तालाई पदहस्तान्तरण गरिएको हो । खरेलले अब कार्यपालिका बैठक व्यवस्थापन शाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिकृया

प्रतिकृया