दिप्तीशिखा चौधरी,तुलसीपुर
११ फागुन/ दाङको दंगीशरण गाउँपालिकामा सभाहल निर्माण सुरु भएको छ । प्रदेश नं. ५ सरकारको लगानीमा उक्त सभाहल निर्माणको आईतबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिलन्यास गरेका हुन् ।

तीनसय जना अट्न सक्ने सभाहल निर्माण भएको भन्दै यो गाउँपालिकामा बिभिन्न कार्यक्रम गर्नुकासाथै बिपतमा पर्दा पनि सुरक्षित राख्नलाई प्रत्येक स्थानीय तहमा सभाहल निर्माण गर्न लागिएको मुख्यमन्त्री पोखरेलले बताए । ‘ हामीले स्थानीय तहमा कार्यक्रम गर्नकालागि सभाहल निर्माण गर्न प्रदेशले बजेट छुट्याएको छ’ उनले भने ‘ सभाहलमा विपतमा परेको बेला पनि सुरक्षित राख्न प्रयाग गर्न सकिन्छ ।’

सोही अवधारणा अनुसार नै प्रदेशले सबै स्थानीय तहमा सभाहल निर्माणको कार्यलाई अघि बढाएको बताए । उनले हरेक विकास निर्माणका कामको गुण्स्तरीयतामा ध्यान दिन समेत आग्रह गरे । उक्त सभाहल निर्माणको काम आउदो बर्षको माघसम्म सक्ने गरि ओम ऋषि कन्ट्रक्सन कोहलपुरले जिम्मा पाएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए ।

प्रतिकृया

प्रतिकृया