तुलसीपुर,
११ फागुन/ प्रदेश नं. ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती गिरीले नेपाललाई विश्वमा चिनाउनकालागि बनको महत्वपूर्ण भूमिका रहने बताईन् । तुलसीपुर उपमहानगरपालिकाले प्रदेश एक्स्पोको अवसर पारेर आईतबार आयोजना गरेको कार्यशालामा उनले नेपाल बनको धनी देश भएकाले नेपाललाई बनको माध्यामबाट विश्वमै चिनाउन सकिने बताईन् ।

रुख रोपेर मात्रै समृद्धि नआउने भन्दै उहाँले त्यसको वैज्ञानिक प्रयोगमा ध्यान दिनुपर्ने वताईन् । ‘बन लगाएर मात्रै हुदैन्, त्यसलाई जोगाउनपनि उत्तिकै महत्वपूर्ण हुन्छ’ उनले भनिन् ‘ यसतर्फ सबैले ध्यान दिनुपर्छ ।’

वनमा कृषिमा आधारित कुराहरु पनि लगाउनुपर्ने कुरामा जोड दिदै उनले कृषिसँग जोडिएको वनले मात्रै जनताको समृद्धि सम्भव भएको वताईन् । वनमा आधारित उद्यम सञ्चालनका लागि केन्द्र र स्थानीय सरकारले पनि ध्यान दिएको उनको भनाई छ । त्यस अवसरमा वन सम्वन्धि विभिन्न फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख विजयराज सुवेदीले नेपालमा वनलाई उद्यमसँग जोड्न नसक्दा वाह्य सामानहरु आउने गरेको बताए । उनले उत्पादनमा प्रयोग नहुँने वनको कुनै पनि अर्थ नहुँने कुरा बताए । वन सम्पदामा धनी रहेको देशमा अरु देशबाट फर्निचर आयात हुन दुखपूर्ण कुरा रहेको उनको भनाई छ ।

सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रका सबै कुरा पारदर्शी हुनुपर्ने वताए । सामुदायिक वनमा महिला सहभागिताको अवस्था नाजुक भएको भन्दै अध्यक्ष पाठकले महिलालाई कानुनमा मात्रै समावेश गरेर व्यवहारमा लागु गर्न नसकेकोमा दुख व्यक्त गरे ।

सामुदायिक वन गरिबहरुका लागि भएको भन्दै अध्यक्ष पाठकले समुदायको वास्तविक सम्पत्ति अझै पनि वन्न नसकेको वताईन् ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले राजधानीमुखी छलफललाई स्थानीयस्तरमा ल्याएको बताए ।

प्रतिकृया

प्रतिकृया