प्रचण्ड खत्री, रुकुम पश्चिम
१३– फागुन / रुकुम पश्चिमको चौरजहारी नगरपालिका –९ स्याला खोलाको जंगलमा एक महिला मृत फेला परेकि हुन् । जिल्लाको सानी भेरी गाउँपालिका १ पक्रैया की २९ वर्षिया शुशिला विष्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ । ११ फागुनमा चौरजहारी नगरपालिका – ६ घर्तिकाँडामा रहेको माइतिबाट आफ्नो घरतर्फ हिडेकी विष्ट बेपत्ता भएकी थिईन ।

उनी १२ गते बेलुका स्याला जंगलमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीेले बताउनु भयो । सडकदेखि १ किलोमिटर तल खोल्सामा उनको शव फेला परेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको डिएसपि केसीले बताए । घटनाको अनुसन्धान भइरहेको र मृत्युको कारण खुल्न सकेको छैन् ।

प्रतिकृया

प्रतिकृया