दाङको देउखुरीमा वन डिभिजन कार्यालय स्थापना भएको एक बर्ष पूरा भएको छ । कार्यालय स्थापना भएपछि भएका सकारात्मक पक्ष, सुधार गर्नुपर्ने कुराहरुलगायतका बिषयमा तुलसीपत्रकर्मी प्रियास्मृती गजमेरले देउखुरी डिभिजन वन कार्यालयका डिभिजनल वन प्रमुख प्रवीन बिडारीसंग कुराकानी गरेका छन् ।

– सम्पादक

देउखुरीमा वन कार्यालय स्थापना भइसकेपछि महत्वपूर्ण कामहरु के–के गर्नुभयो ?
डिभिजन वन कार्यालय दाङ (देउखुरी), लमही नया“ स्थापना भएको हो । मिति २०७५।०७।०७ गतेबाट विधिवत् रुपमा कार्य थालनी भएको यस कार्यालयबाट गत आवमा महत्वपूर्ण कार्यहरु सम्पादन गरिएका छन् । खासगरी हाम्रो कार्यक्रम सामुदायिक तथा राष्ट्रिय वन विकास, जडिबुटी विकास, वृक्षारोपण तथा निजी वन विकास, पर्यापर्यटन, वन उद्यमलाई प्रवद्र्धन गर्ने गरी सम्पादन गरिएका छन् ।

गत आवमा पर्यटन प्रवद्र्धनतर्फ जखेरा तालको स्तरउन्नती, वन्यजन्तु संरक्षणमा प्रचार प्रसार, कृषि वन विकास, सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन, सहभागितामुलक अतिक्रमण नियन्त्रण, सहकारी मार्फत् जडिबुटीका विरुवा उत्पादन खेती विस्तार, सार्वजनिक स्थल नगर सरसफाई, सिमसार क्षेत्र व्यवस्थापन, विरुवा उत्पादन, वितरण कार्य सम्पन्न गरिएको हो र चालू आवमा पनि वन, वन्यजन्तु, वनस्पती र समग्र जैविक विविधता संरक्षणका कार्यहरु हु“दैछ ।

कार्यालयले समग्र देउखुरी क्षेत्रको कसरी कार्य सम्पादन गरिरहेको छ ?
डिभिजन वन कार्यालय दाङ (देउखुरी), लमहीमा रहेको र यस अन्तर्गत ८ वटा सव–डिभिजन वन कार्यालयहरु सहायक वन अधिकृतको नेतृत्वमा कालाका“टे, राप्ती, लमही, बेला, गढवा, गंगदी, सतवरिया र गोबरडिहामा स्थापना गरिएको छ ।

देउखुरी क्षेत्रमा चोरी तस्करी अलि बढी नै हुने गर्छ भनिन्छ नि ?
म डिभिजन वन कार्यालय दाङ (देउखुरी) मा नया“ नै छु । भर्खर २ (दुई) महिना मात्र हु“दैछ । सबै क्षेत्रको प्रयाप्त जानकारी स“कलन गर्दैछु । वन क्षेत्र खुला सम्पत्ति भएको कारण फाट्टफुट्ट चोरी निकासीको सम्भावना जहिले पनि रहन्छ । यसबीच चोरी निकासीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गरिएको छ । प्राकृतिक स्रोतमाथिको दोहनलाई व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण छ । सबैको साथ र सहयोगबाट चोरी तस्करी नियन्त्रण गर्न सम्भव छ र यसमा हामी लागिरहेका छौं ।

वन उपभोक्ताहरुको हितमा अहिलेसम्म के–कस्ता कामहरु भएका छन् ?
हामी ‘समृद्धिको लागि वन’ भन्ने नारा तय गरी अगाडि बढिरहेका छौं । हाम्रो महत्वपूर्ण कार्य भनेको नै समुदायमा आधारित वन व्यवस्थापन प्रयासलाई प्राविधिक, आर्थिक सहयोग र समन्वय गर्दै विभिन्न कार्यक्रमहरु उपभोक्ता लक्षित भएर सञ्चालन गरिएका छन् । खासगरी उपभोक्ता समुहलाई सहज रुपले वन पैदावार उपलब्ध गराउने, आयआर्जन कार्यमा स“लग्न गराउने, वन उद्यम, पर्यापर्यटन प्रबद्र्धनमा सहयोग गर्ने, उपभोक्ताको र कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने खालका कार्यहरु भएका छन् ।

वैज्ञानिक वन व्यवस्थापन भनेको के हो ? उपभोक्ताहरु वैज्ञानिक वन व्यवस्थापन भन्ने वित्तिकै तर्सिन्छन्, किन होला ?
वैज्ञानिक वन व्यवस्थापन दीगो वन व्यवस्थापनको अभ्यास हो । खासगरी वैज्ञानिक वन व्यवस्थापन वन विज्ञानको वन संवद्र्धन प्रणालीमा आधारित हुन्छ । यसमा सघन वन व्यवस्थापन मार्फत् उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको हुन्छ ।

समग्रमा वनको उत्पादकत्व वृद्धिस“ग वनको समग्र हैसियतलाई सुधार गरी पर्यावरणीय लाभ प्राप्त गर्ने लक्ष्य लिएको हुन्छ । उपभोक्ताहरुको चाहना र संलग्नतामा नै वनको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना बनाउने हो । त्यसैले वैज्ञानिक वन व्यवस्थापन भन्ने वित्तिकै उपभोक्ता डराउ“दछन् भन्ने विषयमा म सहमत छैन तर समग्र उपभोक्तालाई यस बारेमा प्रयाप्त जानकारी गराउन नसकिएको देखिएको छ ।

वनको कर्मचारीकै मिलेमतोमा चोरी निकासी हुन्छ भन्छन् नि उपभोक्ताहरु ?
म यस कार्यालयमा नया“ छु । चोरी निकासीमा संलग्न कर्मचारीहरुको सूचना मैले पाउन सकेको छैन । संलग्न कर्मचारी, उपभोक्ता वा अन्य जो–कोहीलाई पनि कारवाही गर्न म दृढ छु । चोरी निकासिमा संलग्नहरुको सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध पनि गर्दछु ।

देउखुरी क्षेत्रका सबै सामुदायिक वनहरुको अवस्था कस्तो पाउनु भयो ?
डिभिजन वन कार्यालय दाङ (देउखुरी) अन्तर्गत १४८ वटा सामुदायिक वनहरु स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको अवस्था रहेको छ । हस्तान्तरित क्षेत्रफल ५१,४७१.७१ हेक्टर छ । समग्र सामुदायिक वनहरुको मूल्यांकन गर्दा सुशासन कायम गर्नुपर्ने चुनौती देखिएको छ । उपभोक्ताहरुले गरिरहेका कामकाजमा अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ ।

भौगोलिक हिसावले यो क्षेत्र निकै विकट छ कसरी व्यवस्थापन गर्नुभएको छ ?
डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमही अन्तर्गत ८ वटा सव–डिभिजन वन कार्यालयहरु सहायक वन अधिकृतको नेतृत्वमा स्थापना गरिएको छ र कार्यहरु सम्पादन गरिदैछन् । खासगरी १४८ वटा सामुदायिक वनहरु स्थानीय उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको छ ।

जसको संरक्षण, सदुपयोग र व्यवस्थापन स्थानीय उपभोक्ता समूहले गरिरहेको अवस्था रहेको छ । संरक्षण र व्यवस्थापनको लागि स्थानीय सरकार, नागरिक समाज, प्रहरी, प्रशासन, पत्रकार सबै सरोकारवालास“ग सहयोग र समन्वयमा अगाडि बढिरहेको छ ।

नेपाल र भारतको सीमास“ग जोडिएका सामुदायिक वनहरुमा चोरी निकासी धेरै हुने गरेको स्थानीयले गुनासो गर्छन् त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कस्तो छ ?
डिभिजन वन कार्यालय दाङ (देउखुरी) मा उपलब्ध साधन स्रोतको अधिकतम् प्रयोग गरी चोरी निकासी नियन्त्रणको लागि हामी लागिरहेका छौं । संलग्नहरुलाई पक्राउ गरी कारवाही गरेका छौं ।

चोरी निकासीमा संलग्नको जानकारी पाउन सबै सरोकारवालास“ग अनुरोध गरेका छौं । प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण गर्ने काम चुनौतीपूर्ण हुन्छ । यसमा सबै उपभोक्ता, स्थानीय सरकार, नागरिक समाज, प्रहरी, प्रशासन, पत्रकार सबैको सहयोग र सहकार्य आवश्यक छ ।

उपभोक्ताको मागलाई डिभिजन वन कार्यालयले कसरी सम्बोधन गरेको छ ?
संघीयता कार्यान्वयनस“गै साविकको जिल्ला वन कार्यालयले सम्पादन गर्दै आएको काम हाल डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले गर्दै आइरहेको छ ।

उपभोक्तालाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन ८ वटै सव–डिभिजन वन कार्यालयहरुले सेवा दिइरहेका छन् । स्विकृत वार्षिक कार्यक्रमले सबै उपभोक्ताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सक्दैन तर हामी अधिकतम प्रयासमा छौं । उपभोक्ताको वन पैदावारको मागलाई स्विकृत कार्ययोजनाको सीमा भित्र रहेर सम्बोधन गर्न डिभिजन वन कार्यालय लागिरहेको छ ।

चोरी तस्करीमा समातिएकालाई छोड्न राजनीतिक दबाब कत्तिको खेप्नु परेको छ ?
चोरी निकासीमा संलग्नलाई छोड्न राजनीतिक दबाब खेप्नु परेको छैन । ऐन, नियम भन्दा माथि कोही हु“दैन । हामीले ऐन, नियम, विधि र प्रक्रियाभित्र रहेर काम गर्ने हो । कसैको दबाबमा काम गर्ने भन्ने प्रश्न नै हु“दैन ।

अन्त्यमा केही भन्नु छ ?
दाङ देउखुरी क्षेत्र वन स्रोतको हिसावले धनी छ । डिभिजन वन कार्यालयले मात्र प्राकृतिक स्रोतको दोहन रोक्न सक्दैन । खासगरी स्थानीय सरकार, उपभोक्ता, नागरिक समाज, प्रहरी, प्रशासन, पत्रकार र सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक छ र डिभिजन वन कार्यालय सबैस“ग सहयोग र समन्वयको लागि अनुरोध गर्दछ ।

प्रतिकृया

प्रतिकृया