घोराही,
११-चैत्र /  कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सरकारले गरेको अक डाउनले घोराही क्षेत्र पूर्णरुपमा बन्द रहेको छ । अत्याबस्यक काम परेकाहरु मात्रै छिटफुटरुपमा सडकमा देखिन्छन भने अन्य सबै क्षेत्रहरु सुनसान छन् ।

बजार र बजार भित्रका केही किराना पसल, होटल, औषधी पसल र डेरीहरु खुलेका छन भने अरु सबै बन्द छन् । केही नागरिकहरु घरबाट बाहिर निस्कने र फोटो खिच्ने गरेको दृष्य देखिन्छ । उनिहरुलाई पनि प्रहरीले घर भित्रै बस्न निर्देशन दिदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरको नगर प्रहरीले कोरोनाको संक्रमणबाट बच्न र सबै क्षेत्रलाई बन्द राख्न सूचना जारी गर्दै हिडेका छन् । विहान तरकारी किन्ने र मर्निङवाक गर्नेहरुको संख्या बाक्लो देखिए पनि प्रहरीले उनिहरुलाई सचेत पार्दै छिटो घर कर्फन आग्रह गरेको थियो ।

बजारमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरु भेटिने गरेका छन् । केही एम्बुलेन्सहरु देखिएका छन् । अन्य सबै नागरिकहरु घर भित्रै बसेका छन् । बिहान नेपाली सेना समेत सडकमा आएको थियो ।








प्रतिकृया

प्रतिकृया