जयन्ती चौधरी, तुलसीपुर
११ चैत / दाङका एम्बुलेसन्स चालकहरुले आफुहरु असुरक्षित भएको बताएका छन् । कोरोना भाईसर(कोविड–१९ ) फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको भएपनि एम्बुलेन्स चालक नियमित आफ्नो जिम्मेवारीमा खटिनु पर्ने भएकाले आवश्यक पर्ने सुरक्षाका सामग्री नहुँदा समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघ दाङका अध्यक्ष ईन्द्रबहादुर केसीले बताए ।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा उपचारका लागि लैजानु पर्ने भन्दै कारोना संक्रमणको जोखिम नहुँने गरि सुरक्षाका सामग्री उपलब्ध गराउनु पर्ने बताए । ‘अहिले हामीले सामान्य मास्कको प्रयोग गर्नुपर्ने अबस्था छ’ उनले भने ‘ कम्तिमा हामीलाई सर्जिकल मास्क, पञ्जालगायतका आबश्यक सामग्री उपलब्ध गराउनुपर्छ ।’

यस बिषयमा जिल्ला प्रशासन कार्यालय दाङमा माग गरेको समेत उनले बताए । बिरामीले बोलाएपछि जसरी पनि सेवा प्रदान गर्नु नै पर्ने अबस्था रहेको भन्दै यसमा आफुहरुका समस्या सम्बोधन हुनुपर्ने एम्बुलेन्स चालक रुद्रमणी भुषालले बताए ।

जिल्लामा एम्बुलेन्स चालकका लागि सुरक्षाका केही सामाग्रीहरु आइसकेको र केही आउन बााँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनका अनुसार प्रदेश ५ सरकारले बेल्झुण्डीमा आइसोलेसन स्थापना गर्न लागेको भन्दै त्यहाँ सुरक्षित सामाग्री प्रयोग गर्न सिकाउनुका साथै आबश्यक सामग्री प्रदान गरिने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलका अनुसार एम्बुलेन्स चालकहरुले आफुहरुलाई सहयोग मागेको खण्डमा उचित व्यवस्थापन गर्ने समेत बताईन् । तर अहिलेसम्म कुनैं पनि माग आफु कहाँ नआएको उनको भनाई छ ।

दाङ जिल्लामा ६९ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

प्रतिकृया

प्रतिकृया