घोराही
११ चैत्र / घोराही उपमहानगरपालिकाले नगर भरीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरस जाँच गर्दा प्रयोग गरिने पिपिई अर्थात व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिने सामाग्रिहरु उपलब्ध गराएको छ ।

नगरको मातहतमा रहेका शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, संस्थागत परिवार नियोजन क्लिनिकमा कार्यरत एक सय २० जना स्वास्थ्यकर्मीहरुलाई दुई दुई थानका दरले २ सय ४० वटा सामाग्रीहरु उपलब्ध गराईएको हो ।

नगर प्रमुख नरुलाल चौधरीको पहलमा सबै स्वास्थ्यकर्मीहरुलाई व्यक्तिहरुको स्वास्थ्य जाँच गर्दा संक्रमण नसर्ने पिपिई (पर्सनल प्रोटेक्टीभ इकुमेन्ट) उपलब्ध गराईएको नगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाका ठाकुर खनालले जानकारी दिए ।

उक्त सामाग्रि लगाएर बिरामीहरुको स्वास्थ्य जाँच गर्दा संक्रमण स्वास्थ्यकर्मीमा नसर्ने मानिन्छ ।

प्रतिकृया

प्रतिकृया