जयन्ती चौधरी, तुलसीपुर
११-चैत /  प्रदेश ५ सरकारले दाङको बेल्झुण्डीमा निमार्ण गर्न लागेको आइसोलेशन भोली बुधबार सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

विश्वभर संक्रमण फैलिएको कोरोना भाईरसको सतर्कता स्वरुप तुलसीपुर उपमहानगरपालिका १८ बेल्झुण्डीमा उक्त आइसोलेसनको निमार्ण हुन लागेको हो ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार सो आइसोलेसन एक सय बेडको हुनेछ । राप्ती स्वास्थ्य विज्ञान प्रतिस्थान र राप्ती प्रादेशिक अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी खटाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

कति जना डाक्टर र कति नर्स खटाउने भन्ने टुंगो भने बुधबार मात्रै लाग्ने रिजालले जानकारी दिए । साथै अहिले पनि भौतिक निमार्णको काम तीब्र गतिमा भैरहेका बताए ।

प्रतिकृया

प्रतिकृया