घोराही,
१२-चैत्र / कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउन उलंघन गर्नेहरु बढ्दै गएपछि दाङका विभिन्न टोलहरुले सडक अबरुद्ध गरेका छन् ।

घर बाहिर ननिस्कन गरेको आग्रहलाई अटेरी गर्ने क्रम देखिएपछि गाउँका टोल टोलहरुले सडक नै अबरुद्ध गर्ने गरेका छन् । लमही नगरपालिका ३ उत्तरमजगाउँको न्यूरोड टोल विकास संस्थाले टोलको सडकमा विभिन्न सामाग्रिहरु राखेर सडक अरुद्ध गरेका छन् ।

अनावस्यक हिडडुल गर्ने र सवारीका साधनहरु चलाउनेहरुको ओहोर दोहोर हुन थालेपछि टोल विकास संस्थाले सडक अबरुद्ध गर्न बाध्य भएको बताएका छन् । उता तुलसीपुर उपमहानगरपालिका ६ उत्तरकपडादेवी भगवती टोल विकास संस्थाले पनि सडक अबरुद्ध गर्न बाध्य भएको बताएको छ ।

कोरोना भाइरसको त्रास फैलिरहेको अबस्थामा सुरक्षित सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दा थप जोखिम बढेको भन्दै टोल विकास संस्थाले सडक अबरोध गरेको बताईएको छ । सरकारले घर बाहिर समेत ननिस्कन भनेर गरेको आग्रहलाई वेवास्ता गर्दा जोखिम निम्तने भएकाले सडक अबरुद्ध गरेको टोल विकास संस्थाको भनाई छ ।

प्रतिकृया

प्रतिकृया