तुलसीपुर ,
१२-चैत /  दाङमा लकडाउनको अबज्ञा गरेको भन्दै साढे दुईसय बढि सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार दुईसय ५६ सवारी साधनलाई कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार एकसय ८९ मोटरसाईकल, १९ वटा स्कुटर, १४ वटा ट्रक, १३ वटा जीप/ कार, ७ वटा बस, ७ वटा अटोरिक्सा, ६ वटा ट्याक्टर र एउटा जेसिवीलाई कारवाही गरिएको हो ।

सरकारले कारोना भाईसर (कोभिड-१९) संक्रमण बढ्न नदिन भन्दै मंगलबारदेखि एक हप्तासम्म लकडाउन गरेको थियो । साथै सरकारको यो निर्णय अबज्ञा गरेको भन्दै दाङमा तीन जनालाई पक्राउ गरेको छ ।

साथै मंगलबार सरकारको निर्णय अबज्ञा गर्ने तीनसय ५० सवारी साधनलाई कारवाही गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया