बालकृष्ण पाण्डे, बबई
१२ चैत / दाङको बबई गाउँपालिका वडा नं. २ का एक युवतीलाई क्वारेन्टाईनमा राखिएको छ ।

भर्खरै कतारबाट आएको भन्दै उनलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको क्वारेन्टाईनमा राखिएको हो । उनमा  कोरोनाको लक्षण भने देखिएको छैन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार उनी दोहा कतारबाट आएको  कतार एयरवेजबाट नेपाल आएकी थिईन  । उनीसंगै अर्का बबईकै एक जना युवति भने अझै सम्पर्कमा आएकी छैनन ।

उनको पनि खोजी भईरहेको छ । कतार एयरवेजमा आएका एकमा कोरोना संक्रमण देखिएपछि दाङका उनीहरुलाई पनि निगरानी गरिएको हो । 

प्रतिकृया

प्रतिकृया