प्रिया स्मृती गजमेर, देउखुरी
१९-चैत /  दाङको देउखुरीमा क्वारेन्टाइन निर्माण गर्ने बिषयमास्थानीयले बिरोध गरेका छन । लमही नगरपालिका वडा नम्बर ३ स्थित रहेको बाल जनता माध्यामिक बिद्यालय बनगाउँमा कोरोना भाइरसका संभावित बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने निर्णय भएको थियो ।

स्थानीय सरकारले गरेको उक्त निर्णयलाई वडा नम्बर ३ का स्थानीयले अस्विकार गर्दै बिरोध गरेका हुन् । क्वारेन्टाइन बनाउने भनेर तोकिएको उक्त बिद्यालयमा राख्न नहुने भन्दै गाउँ देखि टाढा ब्यवस्थापन गरिनु पर्ने स्थानीय श्याम चौधरीले बताए ।

केही दिन अघि मात्र लमही नगरपालिका ७ स्थित रहेको सम्राट सिमेन्ट कम्पनीमा मालबाहक ट्रक लिएर आएका पाँच जना भारतीय नागरिक मध्य गएराति दुई जना क्वारेन्टाइनबाट भागेका छन् । लमही नगरपालिकाले देउखुरी बुहुमुखी क्याम्पस र बालजनता माध्यमिक विद्यालय बनगाउँमा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले यस्तो विषम परिस्थितिमा मानबिय व्यबहार देखाउन स्थानीय सङ्ग आग्रह गरेका छन । देश संकटमा रहेको बेला स्थानीय सरकारलाई सहयोग गर्न समेत सबैमा अनुरोध गरेक छन ।

प्रतिकृया

प्रतिकृया