सल्यान,
१४ – वैशाख / सल्यानमा एक युवकलाई आफ्नै बाबुको हत्या गरेको आरोप लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको प्रहरीले बताएको छ ।

उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ । सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ । मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया