सल्यान,
२३-बैशाख /  सल्यानमा चट्याङ लागेर कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार चट्याङ लागेर कुमाख गाउँपालिका वडा न ३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, श्रीमती ३० वर्षिया दिपा राना, ८ वर्षिय छोरा यमराज राना, २६ वर्षिय टेक बहादुर राना र २३ वर्षिय रणसिहं राना रहेका छन ।

उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिकृया

प्रतिकृया