रोल्पा ,
२५ – वैशाख / लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको विहिवार चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । चट्याङले भीमबहादुरको एउटा बाख्रा समेत मरेको जनाइएको छ ।

घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो । शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए ।

प्रतिकृया

प्रतिकृया