तुलसीपुर,
७-जेठ /  दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार बहिरंग तथा अन्तरंग सेवा बन्द गरेको सूचना प्रकाशित गरेपछि चौतर्फी विरोध भयो । प्रतिष्ठानमा आउने विरामीलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा जान समेत अनुरोध ग-यो ।

यो निर्णयको व्यापक विराधेपछि प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद दवले बुधबार अर्को सूचना जारी गरेको छन् । जुन सूचनामा भनिएको छ“ जेठ ८ गतेदेखि आकस्मिक तथा बहिरंग सेवा सूरु हुने व्यहोरो सबैलाई जानकारी गराउँदछौं ।”

यो सूचना प्रकाशित भएपछि प्रतिष्ठानले नौटंकी गर्ने गरेको भनि सामाजिक सञ्जालमा व्यापक आलोचना हुने गरेको छ । प्रत्येक दिन निर्णय परिबर्तन गर्नुले प्रतिष्ठानको अपरिपक्क शैली भएको भनि गुनासो बढ्ने गरेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम प्रदेशका जिल्लाका कोरोना संक्रमितहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने भएकाले प्रतिष्ठानको बहिरंग तथा अन्तरंग सेवा बन्द गरिएको सूचना प्रकाशित पछि सामाजिक सञ्जालयमा मन्त्रालयको निर्देशन सार्बजनिक गर्न चुनौति दिईएको थियो । जसमा प्रतिष्ठानका पदाधिकारीले मन्त्रालयले मौखिक निर्देशन दिएको प्रतिक्रिया दिएका थिए ।

कुनै बेला कुलपति बाहेक मन्त्रालयले गरेको निर्देशन नमान्ने भनि आफ्नो दम्भ देखाउने गरेको प्रतिष्ठानले अहिले मौखिक निर्देशनमा पनि भन्दै सेवा नै बन्द गर्ने सूचना सार्बजनिक गरेको विरोध पछि पुनः सेवा सूचारु गर्ने बताएको छ ।



विरामीहरुको मागलाई ध्यानमा राखि आकस्मिक तथा बहिरंग सेवा सूचारु गर्ने जानकारी गराएको छ । तर कोरोना संक्रमित विरामी भर्ना भएमा बहिरंग र अन्तरंग सेवा बन्द गर्न बाध्य हुने कायममुकायम रजिष्ट्रार देवले बताए ।

मंगलबार भने प्रतिष्ठानलाई कोरोना संक्रमितलाई मात्रै भर्ना गर्ने अन्य विरामीलाई सेवा नदिने बताएको थियो । प्रतिष्ठानले पटक–पटक विरोधाभास निर्णय मात्रै गर्दै आएको भनि टिप्पनी हुने गरेका छन् । अर्कोतर्फ प्रतिष्ठानमा राजनीति गर्ने गरोह सक्रिय भएको समेत गुनासो बढेको छ ।

प्रतिकृया

प्रतिकृया