प्रिया स्मृती गजमेर , लमही
९ – जेठ / देश यतिबेला लकडाउनमा छ । लकडाउन भएको दुई महिना पुग्नै लागेको छ । लामो समय बन्द हुँदा नागरिकमा एक प्रकारको चिन्ता बढ्नु स्वाभाविकै हो । आफ्नै गतिमा संचालित उद्योग कलकारखाना,ब्यबसाय,विद्यालय,यातायात एक्कासि ठप्प हुँदा नागरिकको दैनिकी जीवनमा ठुलै धक्का पुगेको छ । हुनेखाने त् घरमै एस र आरामको जिन्दगी बिताईरहेका छन् तर दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग भने साच्चिकै मर्कामा परेका छन् ।

कामको शिलसिलामा देश भित्र र बाहिर गएका नेपालिहरु कति नेपाल फर्की सकेका छन् भने कति सिमा क्षेत्रमा अलपत्र परेका छन् । विश्व नै कोरोनाको चपेटामा परेपछि सुरक्षित आफ्नो जन्मभूमि नेपाल फर्किन पाउनु पर्छ भन्ने विश्वमा छरिएर रहेका नेपालीहरुको माग थियो ।  अन्ततः नेपाल सरकारले देश बाहिर रहेका नेपालीलाई नेपाल ल्याउने निर्णय गर्यो । कामको शिलसिलामा जिल्ला बाहिर रहेका नेपाली कामदार पनि जिल्ला फर्कने क्रम जारि नै छ ।

उनीहरुका कारण जिल्लामा बनाईएका क्वारेन टाईन भरिभराउको अबस्थामा छन् । केहि दिन अघि दाङ्ग जिल्ला सुरक्षा समितिको बैठकमा नेपाल बाहिर बाट दाङ्गमा मात्रै दशौ हजार नेपाली आउन लागेको भन्दै प्रत्येक स्थानीय तहले कम्तिमा पनि पांच सय बेडको क्वारेन टाईन बनाउने निर्णय गरेको थियो । सोहि अनुरुप सबै स्थानिय तहले आ आफ्नो पालिकामा क्वारेन टाईन बनाउन जुटेका छन् । कतै स्थानीयले बिरोध गरेका छन् भने कतै स्वतःस्फुर्त रुपले पलिकालई सहयोग गर्दै आएका छन् ।

दाङ्ग देउखुरीका चार वटा स्थानिय तह मध्ये राजपुर गाउँपालिकामा एक वटा क्वारेन्टाइन चालु अवस्थामा र तिन वटा तयारि अवस्थामा रहेको गाउँपालिकाका सुचना अधिकारी महेश थापाले बताए । त्यस्तै गढवा गाउँपालिकामा एक वटा चालु र दुई वटा वटा तयारि अवस्थामा क्वारेनटाईन भवन रहेको गाउँ पालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए । यता क्वारेन टाईन व्यवस्थापनका लागि राप्ती गाउँपालिकाले महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन् । अहिले राप्ती गाउँपालिकामा हजारौ मानिसहरु आउन लागेको सुचना पाएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए ।

  राप्ती गाउँपालिकाले त्यहाँका क्याम्पस र सामुदायिक गरि बाह्रवटा विद्यालयलाई क्वारेनटाईन बनाएको छ । राप्ती गाउँपालिकाका क्वारेनटाईनमा हाल दुई सय मानिसहरु रहेका छन् । छिटपुट रुपमा बिरोधका आवाज उठेका थिए तर म आफै स्थानीय माझ पुगेर समन्यव गरेपछि सहमतिमा आएका हुन् अध्यक्ष सुबेदीले भने । लमही नगरपालिकामा क्वारेनटाईन राख्ने बारेमा सधै जसो विवाद हुने गर्दछ । नगरपालिकाले लक्डाउन शुरु भैसकेपछि कार्यपालिका बाट देउखुरी बहुमुखी क्याम्पस र बनगाउँ माध्यामिक बिद्यालयमा क्वारेनटाईन बनाउने निर्णय गरेको थियो ।

त्यति बेला पनि बनगाउँका स्थानीयले हातमा लाठि बोकेर बिरोध गर्न थालेपछि नगरपालिकाले लमहीको रातो डाडामा रहेको नेत्रलाल अभागी स्मृती प्रतिष्ठानको भवनलाई क्वारेनटाईनका रुपमा प्रयोग गर्दै आएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले आफुलाई वडाध्यक्ष हरु बाट सहयोग नभएको गुनासो गरेक छ्न । मलाई असफल गराउन उनीहरुले भूमिका खेलेको भन्दै अब क्वारेनटाईन बनाउनका लागि सबै वडाध्यक्षहरुलाई जिम्मा दिन्छु मैले मात्र कति भारि बोक्नु प्रमुख केसीले भने । यो विपदको बेलामा फुटेर भन्दा जुटेर लग्नु पर्ने हो तर खै कहाँ नेर मिस्टेक भाछ बुझ्नै गाह्रो भएको प्रमुख केसीको भनाई छ ।

नगरपालिका स्तरीय क्वारेन्टाइन बनाऔ भन्ने मेरो धारणा हो,कम्तिमा पनि पाँच सय मानिस अट्ने बनाउन सकियो भने थोरै जनशक्तिले पनि धान्न सकिन्थ्यो तर यहाँ यो बिषयमा कोहि पनि गम्भीर बनेको देखिएन नगरप्रमुख केसीले भने । आजै कार्यपालिकाको वैठक बोलाएर आफ्नो वडामा आफै क्वारेन्टाइनको ब्यवस्था मिलाउनका लागि वडाध्यक्षहरुलाई निर्देशन दिने केसीले बताए ।  लमही नगरपालिका वडा नम्बर ६ स्थित रहेको आदर्श नमुना माध्यामिक बिद्यालय देउपुरमा राख्ने भनिएको क्वारेन्टाइन स्थानीयले बिरोध गरेपछी रोकिएको छ ।

घना बस्ती र गाउँको बिचमा क्वारेन्टाइन बनाएर आतंकित बनाउन खोजेको भन्दै स्थानीयले बिरोध गरेको आदर्श नगर टोल बिकास समितिका अध्यक्ष तोयाराम बस्नेतले बताए । हाम्रो बिद्यालयमा परिक्षा केन्द्र तोकिएको पनि छ र साथ साथै योजनाको काम पनि भरहेकोले बिद्यालयमा क्वारेन्टाइन राख्न उचित नदेखिएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रेशम बहादुर खड्काले बताए ।

फाईल फोटो

प्रतिकृया

प्रतिकृया