प्रिया स्मृती गजमेर, लमही
९ – जेठ / लमहीमा क्वारेन्टाइन कहाँ राख्ने बारे बिवाद हुँदै आएको टुङिएको छ । शुक्रबार बसेको लमही नगर कार्यपालिकाको बैठकमा सहमति भएको नगरपालिकाले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएसङै नगरपालिकाले नगर क्षेत्रका केही विद्यालयलाई क्वारेन्टाइन बनाउने गरेको निर्णय संगै स्थानीयले विरोध गरेका हुन । नगरपालिकाले सुविधायुक्त बिद्यालयमा क्वारेन्टाइन राख्ने निर्णयको स्थानीयले अस्विकार गर्दै विरोध गरेपछी लमही नगरपालिका केही समय मौन बसेको थियो ।  बाहिरबाट नगरपालिकामा भित्रीनेहरुको संख्या बढ्दै गएपछी उनिहरुलाई ब्यवस्थापन गर्न कठिन बनेको छ ।

मुस्किलले हाल चालू अवस्थामा रहेको प्रतिष्ठानको भवनमा तीस जना अट्न सक्ने क्षमता छ ।  शुक्रबार बसेको कार्यपालिका वैठकले सुबिधा र उपयुक्तका आधारमा नौ वटै वडाका सामुदायिक बिद्यालयलाई क्वारेन्टाइन बनाईने सहमती भएको लमही नगरपालिकाका प्रबक्ता बिमबहादुर केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया