काठमाडौँ ,
९ – जेठ / सरकारले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ । कानुन मन्त्रालयले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको हो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भूभागको नयाँ नक्सा जारी गरेपछि संविधानमा रहेको अनुसूची संशोधनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको हो । संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपरेको हो । संविधान संशोधनका लागि संसदको दुई तिहाई मत आवश्यक पर्छ ।

स्रोत : बाह्रखरी

प्रतिकृया

प्रतिकृया