तुलसीपुर ,
९ – जेठ / भारतबाट आउने नेपालीको संख्या वढेसँगै तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माणलाई तिव्रता दिएको छ ।

१ सय वेडको क्वारेन्टाइन निर्माण गरेर काम अगाडि वढाएको उपमहानगरपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न थालेको विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । क्वारेन्टाइन ‘५ ठाउँमा वनिसकेको छ अन्य ठाउँमा वनाउने तयारी चलिरहेको छ’ खत्रीले भने । उनले तत्कालका लागि ३ सय ५० वेड तयार भइसकेको वताए ।

रक्षाचौरमा १ सय, मावि कालाखोलामा ५०, राप्ती लाइफ केयर कलेजमा ५०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ५० र अमर मावि उरहरीमा १ सय वेड निर्माण भइसकेको छ । भारतबाट आउने संख्यालाई आँकलन गरेर उपमहानगरपालिकाले २ हजार वेडको क्वारेन्टाइन निर्माणको तयारी गर्न थालेको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । ‘सबै एकैपटक नआउने भएकाले विस्तारै वेड निर्माणको काम अगाडि वढाएका छौ’ केसीले वताए ।

प्रतिकृया

प्रतिकृया