रोल्पा
९ जेठ / रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वडाध्यक्षमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीलाई शुक्रबार कार्यपालिका बैठकमै कुटपिट गरेको पीडित वडाध्यक्ष क्षेत्रीले आरोप लगाएका छन् ।

कोरोना भाइरसको जोखिम कम गर्न वडा नम्बर ४ को सुलिचौर बजारमा रहेका बैंकलाई हप्तामा ३ दिन खोल्ने निर्णयका विषयमा कार्यपालिकामा बहस भइरहेका बेला अध्यक्ष घर्तीले आफूमाथि एक्कासी हातपात गरेको वडाध्यक्षको भनाइ छ ।

वडाध्यक्ष क्षेत्रीले आफूलाई कुटपिट गरी घाइते बनाएको भन्दै अध्यक्षमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत गरेका थिए । गाउँपालिका अध्यक्ष घर्ती तत्कालीन माओवादी केन्द्रबाट तथा वडाध्यक्ष क्षेत्री नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। ।

यसैबीच नेपाली कांग्रेस रोल्पाले पनि एक विज्ञप्ति जारी गर्दै कुटपिट गर्ने अध्यक्षमाथि हदैसम्मको कारबाहीको माग गरेको छ ।

प्रतिकृया

प्रतिकृया