प्रिया स्मृती गजमेर, दाङ,
१६-जेठ /  दाङमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमण पुष्टि हुनेमा बबई-६ दाङका ३० वर्षीय, बंगलाचुली गाउँपालिका-१ का २७ वर्षीय, २८ वर्षीय, ३३ वर्षीय र वडा नम्बर ४ का ३८ वर्षीय व्यक्तिमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । ति संक्रमित व्यक्तिहरु जिल्ला स्वास्थ्य कार्यालय दाङ र सम्बन्धित क्वारेनटाईनको सम्पर्कमा रहेको बताईएको छ ।

प्रतिकृया

प्रतिकृया