घोराही,
१९ – जेठ / दाङमा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाका विभिन्न क्वारेन्टाईनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १ का ३० बर्षका पुरुष र ११ बर्षिया बालिकामा कोरोना देखिएको छ ।

त्यस्तै वडा नम्बर २ का २६, ४०, ४५, ४६ बर्षमा चार जना पुरुष र १९ बर्षिया किशोरी, वडा नम्बर ५ का ५३ बर्षिय पुरुष र वडा नम्बर १७ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनिहरु सबै भारतबाट मजदुरी गरेर आई सम्बन्धित वडा कार्यालयले बनाएको क्वारेन्टाईनमा बसेका थिए । सबैको स्वास्थ्य अबस्था सामान्य नै रहेको घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रर्बद्धन शाखाले जनाएको छ ।

यस अघि घोराहीमा वडा नम्बर ३, १० र १८ मा गरि ८ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै घोराही उपमहानगरमा संक्रमतिको संख्या १७ पुगेको छ भने दाङमा संक्रमितको संख्या ४३ पुगेको छ ।

प्रतिकृया

प्रतिकृया