बैतडी ,
२० – जेठ / बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिला रहेकी छन् ।

उनको मंगलबार बिहान मृत्यु भएको हो । ती महिना मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहितकुमार धानुकले जानकारी दिए । उनका अनुसार उनी त्यहीँ जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै बसिरहेका थिए । मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधि सेवन नगरेको बताईएको छ । कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया