तुलसीपुर,
२०-जेठ / दाङको कोरोना बिशेष अस्पताल वेलझुण्डीमा उपचार भइरहेका एक जना कोरोना संक्रमितलाई वुटवल रेफर गरिएको छ । डुेंगु संक्रमण समेत देखिएका बबई गाउँपालिका वडा नं. ६ निवासी ३० बर्षीय युवकलाई उपचारकालागि वुटवल रेफर गरिएको कोरोना बिशेष अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण वलीले बताए ।

ज्वरो पनि नियन्त्रण नभएको तथा स्वास फेर्ना पनि गाह्रो भएपछि उपचारकालागि धागो कारखाना स्थित कोरोना विशेष अस्पताल बुटवल रेफर गरिएको हो ।

डेँगुदेखिएपछि तीन दिनसम्म पनि ज्वरो नरोकिएपछि रेफर गरिएको उनको भनाई थियो । बबई गाउँपालिका र परिवारलाई जानकारी गराएर रेफर गरिएको हो । उनलाई कोरोना संक्रमण देखिएपछि जेठ १६ गते बेलझुण्डी भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई नियमित ज्वरो आएपछि परिक्षण गर्दा शनिबार डेंगु पनि देखिएको थियो । उनी भारतबाट फर्किएका ब्यक्ति हुन् । अहिले बेलझुण्डी अस्पतालमा ५० जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया