तुलसीपुर,
२५ – जेठ / प्रदेश नं. ५ का सबै जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आईतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो । यो संघ प्रदेश नं. ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको हो ।

रोल्पामा ३ जनामा कोरोना संक्रमण भेटिएको हो । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुनील स्मृती गाउँपालिकाका दुईजनामा कोरोजा पोजिटिभ देखिएको हो ।

भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजनामा कोरोना भेटिएको हो । तिनै जना २०,२२ र २७ वर्षका पुरुष हुन् ।

प्रतिकृया

प्रतिकृया