सल्यान
३० जेठ/ पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ आएका तथा कवारेनटाईनमा बसिरहेका कपुरकोट गाउँपालिकाका ३२ जनालाई फेरि आरडिटी परिक्षण गरेर घर पठाइएको छ ।

शुक्रबार कालिका मावि कपुरकोट स्थित क्वारेन्टाईनमा बसिरहेका उनीहरुको आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएपछी होम क्वारेनटाईनमा एक हप्ता सम्म बस्न सुझाव दिएर घर पठाइएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिए । पिसिआर गरेको ५ दिन पछि फेरि उनीहरुको आरडिटी गरिएको उनले जानकारि दिए ।

साथै शुक्रबार नै १६ जनाको स्वाब संकलन गरिएको छ । क्वारेन्टाईनमा बसिरहेका १४ जना, एक जना उपचारमा खटिएका स्वास्थ्यकर्मी र एक जना होम कवारेन्टाईनमा बसिरहेका ब्यक्ति सहित १६ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि दाङ पठाइएको सेनले जनाए । डाक्टर शनम शाक्य, कपुरकोट स्वास्थ्य शाखाका संयोजक अरुण दाहाल लगाएतको स्वास्थयकर्मीको टोलीले आरडीटी र स्वाब संकलन गरेको हो ।

कपुरकोट गाउँपालिकामा हाल सम्म ७९ जनाको पिसिआर र १३७ जनाको आरडीटी गरिएको छ । जसमध्ये एक जनामा मात्रै कोरोना पुष्टि भएको र संक्रमित ब्यक्तिको जिल्ला स्थित आइसोलेसनमा उपचार भइरहेको फोकल पर्सन सेनले जनाए । गाउँपालिकाले नेपाल राष्ट्रिावि किमुचौरमा निर्माण गर्न लागेको ५० वेडको आइसोलेसनका लागि पनि सामग्री आइसकेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया