रुकुमपूर्व
४ असार / रुकुम (पूर्व)का एक वडा सदस्यको लडेर मृत्यु भएको छ । भूमे गाउँपालिका–४ का ५८ वर्षीया दलित महिला सदस्य धनसरी कामी बुधबार राति बाटोबाट लडेर मृत्यु भएको हो ।

बुधबार साँझ कामी घरबाट बिहीबारको गाउँसभा बैठकको लागि गाउँपालिका कार्यालय खाबाङबगर तर्फ जानेक्रममा सोही वडाको रेलघैराको भीर बाटोबाट लडेर उनको मृत्यु भएको हो । करिब १३ मिटर तल लडेर घाइते अवस्थामा भेटिएकी उनको उपचारकोलागि स्वास्थ्य चौकी काँडा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

आजको गाउँसभा बैठकका लागि हिजो साँझ घरबाट आफ्नो छोरीको घर भूमे‐३ सीमामा बास बस्नका लागि घरबाट निस्किएकी कामीका परिवारले बताएका छन् । कामी नेपाली कांग्रेस पार्टीबाट वडा सदस्यमा निर्वाचित हुन् ।

प्रतिकृया

प्रतिकृया