घोराही
१४ असार / तराईका विभिन्न जिल्लामा हिजो एक्कासी देखिएको बाली नाशक सलह किरा दाङमा समेत देखिएको छ । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

गएराती स्थानियहरुले किरा उडेको देखे पछि छोपेर राखेका थिए । आज कृषि ज्ञान केन्द्रको टोली खाद्रेमा पुगेर उक्त किराको अध्ययन गरेको छ । ति किराको फोटो नेपाल कषि अनुसन्धान परिषद नार्कमा पठाईएको र परिषद्ले सलह किरा नै भएको पुष्टि गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो ।

उक्त किराको संख्या थोरै रहेको र वालिनालीमा कुनै असर नगरेको उहाँको भनाई छ । बारा जिल्लामा हिजो पहिलो पटक देखिएको बालीनाशक सलह किरा विभिन्न जिल्लामा फैलिदै गएको छ । प्रदेश २ र ५ मा बथान सहित आएका यस्ता किरा विभिन्न जिल्लामा पुग्ने क्रम जारी छ ।

प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख पाल्पा, कपिलवस्तु हुदै दाङ आईपुगेको अनुमान गरिएको छ । हावाको गति परिर्बतन हुदा सलह पनि पश्चिम तर्फ फैलिदै गएको छ ।

प्रतिकृया

प्रतिकृया