घोराही
१५ असार / अबिरल बर्षाका कारण आज बिहान देखी घोराही होलेरी सडक खण्ड पुनः अवरुद्ध भएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा पहीरो जादाँ सवारी आवागमन समेत अवरुद्ध भएको हो ।

हिजोे घोराही उपमहानगरपालिका १९ च्यानगैरामा पहिरो खस्दा अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर विहान ८ बजेसम्म एकतर्फि सवारी आवागमन सुचारु भएपनि अहिले फेरी विनिन्न ठाउँहरुमा पहिरो जादाँ पुनः आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्याल दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

सडक अवरुद्ध हुँदा अहिले सयौं ठूला तथा साना सवारी जाममा परेको डिएसपी खड्काले बताउनुभयो । रोल्पा रुकुम, सल्यान र प्युठान जिल्लाका सवारी समेत यसै सडक भएर आवतजावत गर्ने भएकाले आवागमनमा समस्या भएको छ । वर्षायाम शुरु भएसँगै ठाँउ ठाउँमा पहिरो खस्ने घोराही होलेरी सडक खण्डमा यात्रा गर्दा जोखिम कायमै रहेको छ ।

प्रतिकृया

प्रतिकृया