तुलसीपुर
१५ असार / दाङको तुलसीपुरमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी परेका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनी निवासी वर्ष ५० की कौसिला विक, वर्ष ५१ की लालि विक र वर्ष ५२ का इभान विक बिरामी परेका हुन् ।

विषालु च्याउ खाँदा लालि विकको अवस्था गम्भीर रहेको छ भने बाँकी दुई जनाको अवस्था सामान्य रहेको छ । घर नजिकैको हरियाली सामुदायिक वनबाट सोमबार बिहान साढे १० बजेको समयमा च्याउ ल्याई पकाएर खाएका थिए ।  उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया