शुसिला ओली, घोराही
१५ असार / दाङमा लकडाउनको अवधीमा तीन लाख बढी राजश्व संकलन भएको छ । चार सय ५० वटा सवारी साधन कावार्हिमा पर्दा यस अबधीमा तीन लाख ६० हजार राजश्व संकलन भएको हो । जसमा ३८ वटा बसबाट २० हजार पाँच सय, ८२ वटा ट्रकबाट ४३ हजार पाँच सय, ३६ वटा जिवकारबाट २१ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिए ।

यस्तै एक सय ७ वटा मोटरसाईकलबाट ८० हजार, ७३ वटा ट्याक्टरबाट ३९ हजार पाँच सय, एक सय १४ वटा अटोबाट एक लाख १५ हजार गरेर जम्मा चैत्र १० गते यता तीन लाख ६० हजार राजश्व संकलन भएको प्रहरी नायब निरीक्षक जिसीले बताए । बैशाख र जेठ महिनामा सवारी साधन कावार्हिबाट कम मात्रामा राजश्व संकलन भएको उनको भनाई छ ।

असार महिनामा पनि बढी मात्रामा अटोरिक्सा बढी कावार्हिमा परेको जिसीले बताए । लकडाउन खुकुलो भएपश्चात सञ्चालनमा आएका केही अटोहरु सवारी अनुमति नभएकाहरुलाई कावार्हि गरिएको र कतिपयलाई सम्झाएर केहि समय होल्डमा राखेर छाड्ने समेत गरेको प्रहरी नायव निरीक्षक जिसीको भनाई रहेको छ ।

प्रतिकृया

प्रतिकृया