घोराही,
१५-असार /  दाङमा एक जना एक्सरे गर्ने प्राविधिक बिरुद्ध नैतिकता बिरुद्धको कसुरमा मुद्धा दर्ता भएको छ ।

गोर्खा पब्लीक हस्पटील प्रालीमा हिजो एक महिलाको छातीको एक्सरे गर्ने क्रममा सबै कपडा खोल्न लगाएको अभियोगमा नवराज डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । एपेन्डीसको अप्रेशन गर्नुपर्ने भएका कारण डाँगीले नांगै बनाएर एक्सरे गरेको भनि पिडित पक्षले प्रहरीमा भनेका थिए ।

डाँगीलाई हस्पीटलले नै अनुसन्धान र दोषि भए कार्वाहीका लागि प्रहरीलाई बुझाएको प्रशासक दिनेश आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयमा नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गराएको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

साथै प्रहरीले १५ दिनको अनुसन्धान म्याद पाएको समेत उहाँले जानकारी दिए । एक्सरे गर्ने व्यक्तिले आफुले कपडा खोल्न मात्रै भनेको र ति महिलाले सबै कपडा खोलेकाले आफुले केही नभनि एक्सरे मात्रै गरेको बताएका छन् । ति महिलाको हिजो नै एपेन्डीसको अप्रेशन भैसकेको छ ।

प्रतिकृया

प्रतिकृया