दंगीशरण,
१५-असार /  दाङको दंगीशरण गाउँपालिकामा पनि कोरोना भेटिएको छ । यस अघि संक्रमण नदेखिएको दंगीशरणमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै दाङका दशवटै स्थानीय तहमा कोरोना पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दुई जनामा संक्रमण भेटिएको पुष्टि भएको हो ।

दंगीशरण गाउँपालिका वडा नं.५ र ६ का दुई जना महिलाहरुमा कोरोना संक्रमण भेटिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए । उनीहरु भारत बाट आएको खुलेको छ । उनीहरुलाई दंगीशरण गाउँपालिका विरेन्द्र माविको क्वारेन्टिनमा राखिएको थियो ।

यहि असार ५ गते गाउँपालिकाको दुई क्वारेन्टाईनमा रहेका ६५ जनाको स्वाव परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएकोमा दुई जनाको रीपोर्ट पोजेटिभ आएको गिरीले बताए । उनीहरुलाई आज नै बेलझुण्डी पठाउने तयारी भईरहेको छ । दंगीशरणको दुई क्वारेन्टाईनमा गरी अहिले ९२ जना रहेका छन् । दंगीशरण्को क्वारेनटाईनमा भर्ना हुनेको संख्या २ सय ८३ जना पुगेको छ ।

प्रतिकृया

प्रतिकृया