शुसिला ओली, घोराही
२१-असार /  दाङमा बन्दावन्दीको समयमा २९ जना जेल चलान भएका छन । बन्दाबन्दीको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्धामा २९ जना जेल चलान भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापाले जानकारी दिएका छन । अदालतमा सवैभन्दा धेरै ज्यान सम्बन्धी कसूरका १७ वटा मुद्धा परेका छन् ।

त्यस्तै करणी सम्वन्धी १४ वटा, सवारी ज्यानका १० वटा, वन सम्वन्धी ९, बालविवाह कसूर ३, लागुऔषध,गौवध र ठगी सम्वन्धी २÷२ वटा र नागरिकता सम्वन्धी, अपमान जनक व्यवहार,गर्भपतन सम्वन्धी र हातहतियार खरखजना मुद्धा १÷१ गरी ६३ वटा मुद्धाहरु दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश थापाले जानकारी दिएका छन ।

४९ जना धरौटी तारिखमा छुटेका छन भने १२ जना साधारण तारिखमा छुटेको न्यायधीश थापाले जानकारी दिएका हुन् । उनका अनुसार २१ जना फरार रहेका छन भने ४ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्धाहरु मध्य ६१ वटा मुद्धाहरु फैसल्ला भएका छन । जस मध्य २९ वटा मुद्धाहरु भिडियो कन्फ्रेन्सिग प्रयोग गरिएको थियो ।

त्यसै गरी अदालतले बन्दाबन्दीको समयमा ८३ वटा मुद्धामा म्याद थप, ५१ मुद्धामा पक्राउ अनुमति र १ सय ११ मुद्धामा जरुरी पक्राउ पूर्जीका अनुमति दिएको समेत जानकारी दिए ।अदालतमा यस आर्थिक बर्षको हालसम्म १ हजार १ सय ७१ मुद्र्धा फर्छयौट गरेको जिल्ला न्यायाधिश थापाले जानकारी दिएका हुन ।

फर्छयौट भएका मध्य ५ सय ८८ मुद्धाहरु जिम्मेवारी सरी आएका र ५ सय ८३ मुद्धाहरु यसैबर्ष दर्ता भएका मुद्धाहरु रहेका छन ।न्यायाधिश थापाका अनुसार अदालतमा गतबर्ष जिम्मेवारी सरेर आएका १ हजार २ र नयाँ दर्ता भएका १ हजार ५ सय ३६ गरी २ हजार ६ सय १ मुद्धा रहेका छन ।

प्रतिकृया

प्रतिकृया