तुलसीपुर,
२४-असार /  दुईवटा पिल्लर मात्रै ठडिएको पत्रेखोला पुल निर्माणको काम अघि बढ्ने अपेक्षा लिईएको छ । पुलको नयाँ डिजाईन स्वीकृत भएपछि अब काम अघि बढ्ने अपेक्षा गरिएको छ । यस अघि पुलको डिजाइन नै स्वीकृत नभएपछि काम लामो समयदेखि ठप्प थियो ।

पुल निर्माणकै क्रममा २०७३ सालमा सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुल डिजाइन गर्न थालिएपनि काम रोकिएको थियो ।

शंकर माली निर्माण सेवाले जिम्मा लिएको उक्त पुलको डिजाइन असारको १९ गते स्वीकृत भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए ।

पुल डिजाइन रिभ्यूका लागि पटक-पटक फाइल पेश भएपनि निर्माण कम्पनीले आवश्यक कागज पूरा गर्न नसक्दा फाइल स्वीकृत हुन सकेको थिएन् । अब भने डिजाईन स्वीकृत भएपछि काम अघि बढ्ने उनले बताए ।

दुई वर्षमा पुल निर्माणको काम सक्ने गरी २०७१ साल असोज ११ गते सडक डिभिजन कार्यालय र पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण कम्पनीका बीच सम्झौता भएको थियो । मूल्यबृद्धि करसहित ४ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

प्रतिकृया

प्रतिकृया