तुलसीपुर,
२५-असार /  सल्यानमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरधनी कुमाख गाउँपालिका ५ झारकाँडाका तिलक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँका सहचालक गम्भीर घाइते भएको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया