सुशिला ओली,घोराही
२७-असार /  सधै जसो भिडभाड हुँने जिल्लाका आखा अस्पतालहरुमा अहिले बिरामीको संख्या घटेकोे छ । लकडाउन सुरु भए संगै अस्पतालमा आँखामा समस्या भएका विरामीको चाप घटेको हो ।


                                                                                 ADVERTISEMENT

 


गत चैत्र ११ गते देखि कोरोना संक्रमणबाट बच्नको लागि सरकारले थालेको लकडाउनका कारण आँखा अस्पतालमा आउने बिरामीको संख्या घटेका छन् । अहिले लमही आँखा अस्पतालमा फाटफुट रुपमा देउखुरी क्षेत्रका नागरिक मात्र आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाका अनुसार लमही आँखा अस्पतालमा पहिले दैनिक करिव तीन सय बढी आँखाका बिरामीले सेवा लिने गरेका थिए ।

तर अहिले लकडाउन भए संगै दिनमा ४० देखि ४५ जना सम्मले मात्र सेवा लिने गरेको थापाले बताए । गतबर्ष यो समयमा दाङ, रोल्पा, रुकुम, प्युठानबाट आँखा सम्बन्धि समस्या भएका बिरामीहरु आउने गरेको भएपनि यसबर्ष कोरोनाको त्रासं संगै लकडाउनका कारण यातायात सञ्चालन नहुँदा जिल्ला बाहिरबाट बिरामी नआउने गरेको अधिकृत थापाको भनाई छ । अस्पतामा दुरी कायम गर्ने, साबुन पानीले हात धुने, र स्यानीटाइजरको व्यवस्था गरेको उनको भनाई छ । लकडाउन केही खुकुलो भएसंगै अव बिरामीको चाप बढ्ने गरेको जानकारी दिए । अवस्था सामान्य बन्दै जाँदा आँखाका समस्या भएका बिरामी आउने क्रम बढ्दो रहेको बताए ।

यातायातको सूविधा नहुँदा टाढाका नागरिक आउन नसकेपनि सो क्षेत्रका भने सेवा लिन आउने गरेका छन् । लमही आँखा अस्पताल मात्र होइन नेपाल नत्र ज्योति संघले सञ्चालन गरेको राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा सेवा लिन आउने विरामीहरुको संख्या न्यून रहेको अस्पताल प्रशासनले जनाएका छन् ।अस्पतालका सूचना अधिकारी बालाराम खड्काका अनुसार लकडाउन अघि भरिभराउ हुने अस्पतालहरु अहिले सुनसान बनेका छन् ।

लकडाउन अघिका दिनमा बहादुरगञ्जमा दैनिक ८ सय देखि ९ सय जना आँखाका विरामीले ओपिडी सेवा र सयौँले मोतियाविन्दुको शल्यक्रिया गर्ने गरेका थिए । तर लकडाउनसँगै कोरोनाको जोखिमका कारण अस्पतालमा सेवा ग्राहीको संख्या कम भएको छ । अहिले कोरोना त्रासका कारण अस्पताल ठप्प जस्तै भएको उनको भनाई छ । अहिले सो आँखा अस्पतालमा सो क्षेत्रका करिव २०÷२५ जनाले मात्र सेवा लिने गरेको बताए ।

आँखा अस्पताल रक्षाचौरमा पनि सेवा लिने बिरामीहरुको संख्यामा कमी
तुलसीपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरमा पनि सेवा लिने बिरामीहरुको संख्या घटेको छ । सुचना अधिकारी खड्काका अनुसार पहिले दिनमा चार सय बढीले सेवा लिने गरेका थिए । तर अहिले लकडाउन भए संगै घटेर एक सय जना पुगेको उनले जानकारी दिए । लकडाउनका कारण यी सबै आँखा अस्पतालहरुले आकस्मिक सेवा मात्र प्रदान गर्दे आएका थिए ।

तर लकडाउन खुकुलो भए संगै सबैखाले सेवाहरु सुचारु भएका छन् । अप्रेसन, दृष्टी जाँच, ल्याव सेवाहरु रोकिएको भएपनि जेठ एक गते देखि सेवा सुचारु ग्रिएको हो । यसैबीच नेपाल नेत्रज्योति संघ, आँखा अस्पताल व्यवस्थापन समितिले लकडाउनका कारण अस्पतालमा पनि असर देखिएको जनाएको छ । संघले सञ्चालन गरेको अस्पतालमा लकडाउनका कारण विरामीहरु न्यून आउने गरेको र अस्पतालले सञ्चालन गरेको आँखा स्वास्थ्य सेवा पनि प्रभावित भएको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया