प्रिया स्मृती गजमेर,दाङ
४ साउन/ ट्याक्टर दुर्घटनामा प्युठानमा सातजनाको मृत्यु भएको छ ।स्वर्गद्धारी नगरपालिका ३ रुमालेमा गएराती १२: ५५ बजेको समयमा लु २ च ४२३४ नं ट्याक्टर दुर्घटना भएको हो ।साउनेसक्रान्ती मानेर स्वर्गद्धारी धरमपानीदेखी भिग्री तर्फ आउदैँ गरेको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर सड्कबाट अन्दाजी पाँच सय मिटर तल खसेको छ ।

प्युठानमा ट्याक्टर दुर्घटना हुदा मुत्यु भएका सात जनाको सनाखत भएको छ । भिग्री –स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ बर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।त्यस्तै ट्याक्टर दुर्घटनामा चालकको समेत मृत्यु भएको प्युठान प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया