अञ्जना चौधरी, तुलसीपुर
१६-साउन / दाङमा ‘एडेनो भाइरस’का विरामी बढेका छन् । राप्ती आखा अस्पताल रक्षाचौरमा ‘एडेनो’ भाईरसका बिरामी बढेका छन् । यो साता आईतबारदेखि शुक्रवारसम्म नियमित एडेनो भाईरसका बिरामीहरु आईरहेको अस्प्तालका वाह्य कार्यक्रम अधिकृत सालिकराम गौतमले जानकारी दिए ।

सुरुमा आखा रातो हुने, बिझाउने, आशु आउने र उज्यालो प्रकाशमा हेर्न नसक्ने जस्ता समस्या देखिने अधिकृत गौतमले बताए । यो आखा पाक्ने रोग नै भए पनि उपचार गर्न ढिलो भएमा आखाको कालो भागमा रहेको प्वालहरुमा असर गर्ने भएकाले अरु भन्दा खतरा भाईरस रहेको उनको भनाई छ ।

सयममा उपचार नभएमा आखाको दृष्टि समेत गुम्न सक्ने गौतमले जानकारी दिए । बर्षायाममा देखा पर्ने उनले बताए । उनका अनुसार आँखामा घाँसको पात लागेमा, हिलोपानी परेमा यस्तो खालको समस्या आउने गरेको छ ।

समयमा उपचार गरेमा दुई हप्ता देखि तिन हप्तामा यो रोग सञ्चो हुने गौतमले बताए । यो रोग लागेका बिरामीमा आँखा सञ्चो हुने बेलामा धमिलो पन बढेर जाने उनले बताए । साथै यस्ता लक्षण भएका बिरामीले जथाभावि बजारमा पाईने औषधी प्रयोग नगरी आखा अस्पतालमा गएर डाक्टरको सल्लाहा अनुसार उपचार गराउन आग्रह गरे ।

अहिले दैनिक चारसय आँखाका विरामी अस्पतालमा आउने गरेको भन्दै ति मध्ये ६० प्रतिशत विरामी एडेनोकै हुने गरेको उनको भनाई छ । यस भन्दा अघि एडेनोका विरामी विरलै आउने गरेका थिए । यो हप्ताको शुक्रबारसम्म आँखाका चारसय ४६ विरामीले सेवा लिएका छन् ।

प्रतिकृया

प्रतिकृया