तुलसीपुर
१७ साउन / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं . ७ स्थित धारापानी सामुदायिक बन उपभोक्ता समूहको कार्यालयमा आगजनी भएको छ । शनिवार विहान ६ बजेतिर बन कार्यालयमा आगजनी भएको स्थानीयले वताएका छन् ।

उपभोक्ता समितिले बनमा अनियमितता गरेको भनी अनुसन्धानको क्रममा रहेको अबस्थामा गरिएको आगजनीले गर्दा समूहका कागजपत्र जलेर नष्ट भएका छन् । आगजनी कस्ले ग(यो भन्नेविषयमा भने पत्ता लाग्न सकेको छैन् । कागजात भएका स्थानमा मात्रै आगजनी गरिएकाले योजनाबद्ध तरिकाले आगजनी गरिएको हुन सक्ने स्थानीयले आरोप लगाएका छन् ।

कार्यालयमा लगाईएको ताला खोलेर दराज पनि खोलिएको भन्दै प्रमाण नष्ट गर्न यस्तो कार्य गरिएको स्थानीयले आरोप लगाएका छन् । सोही बनको छानविनका लागि डिभिजन बन कार्यालय, उपमहानगरपालिका र अख्तियारमा समेत उजुरी परेको बताईएको छ । यस अघि केही उपभोक्ताले लगाएको ताला जबरजस्ति खोलिएको थियो ।

प्रतिकृया

प्रतिकृया