तुलसीपुर
१७ साउन / पश्चिम दाङमा एकजना महिला बेहोस अवस्थामा फेला परेकी छिन् । शान्तिनगर गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३५ की बिमला वली शनिबार विहान साढे ५ बजे वेहोस अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए ।

उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरेको अस्पतालले जनाएको छ । उनी घरमा एक्लै बस्ने भएकोले लडेर बेहोस भएको हुन सक्ने बुझिएको छ । साथै उनी आफ्नै घरको बाहिर बेहोस अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

त्यस्तै घटना स्थलमा प्रहरीलाई परिचालन गरिएको र यस विषयमा थप अनुसन्धान भैइरहेको डिएसपी सिंहले बताए ।

प्रतिकृया

प्रतिकृया